मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

जुम्लामा आँखाको मोतीबिन्दु सम्बन्धी निःशुल्क शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जुम्लामा आँखाको मोतीबिन्दु सम्बन्धी बिरामी भएका लागी नि:शुल्क शल्यक्रिया सुचारु गरिएको छ । नेपाल नेत्रज्योति संघ जुम्लाको आयोजनामा जुम्ला सदरमुकाममा मोतीबिन्दुको समस्या भएका बिरामीको शल्यक्रिया सुरु गरिएको हो ।

नेत्रज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर रोकायाले जुम्लामा आँखामा समस्या भएका बिरामीलाई  घरआँगनमै सेवा दिने उद्देश्यले नि:शुल्क शल्यक्रिया गरिएको बताए । शिविरमा एक हजारभन्दा बढी आँखाका समस्या भएका नागरिकले उपचारका लागि नाम दर्ता गराएका छन् ।

हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा ३८औं नि:शुल्क मोतीबिन्दु सम्बन्धी शल्यक्रिया गरिएको छ ।

पहिलो दिन ६ सय जनाको परीक्षण गरिएको छ । हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीका अनुसार पहिलो दिनमै मोतीबिन्दुका ९० जना बिरामी भेटिएका छन् । उहाँहरूलाई छुट्टै राखिएको र २७ जनाको शल्यक्रियासमेत गरिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया