असार २३, २०८२ सोमबार July 7, 2025

किसानले रोके उखुको पैसा नदिने अन्नपूर्ण मिलको चिनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् ।
उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिँदै थियोे ।

उद्योगमा चिनी ८ हजार क्वीन्टल मौज्दात छ । १० वटा ट्रकमा चिनी काठमाडौं लैजान लाग्दा अवरोध भएको हो । जिल्ला प्रसााशन कार्याालय सर्लाहीको रोहोबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको तर बिहानैदेखि स्थानीयको समूहले अबरोध गर्दा उद्योगबाट चिनी पठाउन नसकिएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताएका छन ।

जिसीकाअनुसार चिनी लैजान नदिन सडकमा स्थानीयले खाल्डो खनेका छन् ।

उनीहरुले मिलको सुरक्षामा तैनाथ प्रहरीमाथि ढुंगा समेत हानिएको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया