असार २३, २०८२ सोमबार July 7, 2025

चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्री बीच फोन वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार चीनका राष्ट्रपति सी चिन फिङसँग कुरा गर्दै युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा छलफल गर्नुभएको छ।

“नेताहरूले युक्रेनको अवस्था सहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा एक घन्टा लामो छलफल गरेको र उहाँहरू पुनः छलफल गर्न सहमत भएको,” बेलायती प्रधानमन्त्रीको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । वार्ताको क्रममा प्रधानमन्त्री जोनसनले गत हप्ता चीनमा दुर्घटनाग्रस्त विमानका पीडितहरूप्रति सहानुभूति व्यक्त गर्नुभएको थियो।

दुई देशबीचको राजदूत स्तरमा कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको स्मरण गर्दै सीले विगत आधा शताब्दीमा केही उतारचढावका बाबजुद पनि सम्बन्ध समग्रमा निरन्तर वृद्धि भएको बताउनु भएको थियो।

सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार दुवै देशको घरेलु अवस्था र विकास मार्ग फरक फरक रहेको उल्लेख गर्दै सीले दुवै पक्षले रणनीतिक र दीर्घकालीन परिप्रेक्ष्यमा ध्यान दिनुपर्ने बताउनु भएको छ। सीले चीन बेलायतसँग वार्ता र सहयोग गर्न इच्छुक रहेको समेत उल्लेख गर्नु बएको छ। रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार