असार २३, २०८२ सोमबार July 7, 2025

मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो । युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ ।

रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले युक्रेनी नेताले नियमित रूपमा माग गरेका जेलेन्स्की र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ता अहिलेको लागि ‘प्रतिउत्पादक’ हुने बताएका छन् ।

युद्ध चर्किरहेको बेला युक्रेन सेनाले किभ उपनगर इरपिनलाई मुक्त गरेको गृहमन्त्रीले दाबी गरेका छन् । त्यस्तै युक्रेनी सेनाले खार्किभको बाहिरी भागमा रहेको माला रोगन गाउँबाट रुसी सेना हटाएको बताएका छन् । राजधानी किभनजिक भएका हमलामा विद्युत् सेवा अबरुद्ध भएका छन् । विद्युत् अबरुद्ध हुँदा ८ हजार घर अन्धकारमय बनेका अधिकारीहरुले बताएका छन् ।

युक्रेनका एक अधिकारीले आक्रमण सुरु भएदेखि दक्षिणी सहर मारिओपोलमा कम्तीमा ५ हजार शव गाडिएको बताएका छन् । तर, रुसी गोलाबारीका कारण विगत १० दिनदेखि शव संकलन हुन सकेको छैन । युक्रेनी विदेश मन्त्रालयले सहरको मानवीय अवस्थालाई विपत्तिजनक भनेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार