कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सेयर बजार: नेप्से परिसूचक दाेहाेराे अंकले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बुधबार सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । सन् २०२२ यता नेप्सेमा हरेक बुधबार करेक्सन भएको  थियाे ।

१२औँ सातामा नेप्सेकाे बुधबारकाे करेक्सन रेकर्ड ताेडिएकाे हाे । आज नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । काराेबार भएका १३ वटै उपसमूह उकालाे लाग्दा लगानीकर्ता उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेकाे छ । नेप्से १.६१ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा झरेकाे छ ।

कूल २३२ वटा कम्पनीकाे ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड एक लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया