असार २३, २०८२ सोमबार July 7, 2025

दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजार भन्दा बढी टुक्रा फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए।

करिब एक करोड वर्ग मिटर वरिपरि खोजि कार्य जारी राखिएको थियो । खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो । कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २ -३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मार्च २१ मा १२३ यात्रु र नौ चालक दलका सदस्यहरू सहित जहाजमा रहेका सबै १३२ जनाको मृत्यु भएको थियो। रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार