असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना भाइरसको प्रकोप नेपालमा भयावह छैन, तैपनि सचेत छौं : पर्यटनमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कोरोना भाइरसको भयावह अवस्था नहरेको बताएका छन् । भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित नरहेको उल्लेख गर्दै उनले यसमा सरकार सचेत रहेको बताएका छन ।

मन्त्रालयले सोमबार पर्यटन र हवार्इ उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेको छ । छलफलमा नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश सरकारी तवरबाटै आउनुपर्ने माग निजी क्षेत्रका प्रतिनिधिले गरेका थिए । जवाफमा मन्त्री भट्टराईले नेपाल प्रकोपमा रहेको सन्देश नजाने तर पूर्ण तयारीमा रहेको सन्देश भने प्रवाह गर्न आग्रह गरेका छन । उनले विमानस्थल र सीमा नाकामा हुने चेकजाँचमा अत्याधुनिक उपकरण थप्न विमानस्थल तथा अन्य सरोकारवालालाई निर्देशन दिएका छन ।

अध्यागमन र विमानस्थलका विभिन्न निकायमा खटिने कर्मचारीलाई सुरक्षित रहने उपाय अपनाउन पनि उनले आग्रह गरेका छन । होटलहरुले बिरामी भेट्नासाथ अस्पताल पठाएर सहयोग गर्नुपर्ने उनले बताएका छन । चीनबाट आउने जहाजलार्इ अन्य यात्रुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न उनले विमानस्थललाई निर्देशन दिएका छन ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले एकै पटक ठूलो संख्यामा आएका पर्यटकको ज्वरो नाप्न सकिने गरी उपकरण जडान गरिएको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
“एएफसी छनोटबाट धेरै सकारात्मक ऊर्जा लिएर फर्किएकी छु” – कप्तान सावित्रा भण्डारीः
२०८२ असार २३, सोमबार
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार