मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

चार हजार ६ सय ६८ जनामा परिक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टी, मृत्यु शु्न्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १८ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि नभएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप २५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य रहेको छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ जना रहको छ । २४ घण्टामा ५० हजार ९३ जनाले खोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया