मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

सल्यानका ८४ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सल्यानका ८४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले १५ महिनाभन्दा माथि र १५ वर्षभन्दा तल उमेर समूहका ८४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको हो ।

कार्यालयका अनुसार  जिल्लाका १० वटै पालिकामा यही चैत्र २५ गतेबाट खोप अभियान सञ्चालन गरिने भएको छ  ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले १५  महिना देखि ४ वर्ष सम्मका १७ हजार ९ सय ८३ बालबालिकालाई  ए .एम. आइर्. एस अनुसार र ५ देखि १५ वर्ष सम्मका ६६ हजार ५३  बालबालिकालाई विद्यालयको तथ्यगत आधारमा टाइफाइड विरुद्ध खोप लगाइने जानकारी गराएको हो ।

खोप लगाउनको लागि जिल्लाभर ४ सय ९ वटा खोप केन्द्र तोकिएको छ भने ५ सय ९० जना स्वास्थ्यकर्मी र १ हजार १ सय ३२ जना स्वास्थ्य स्वयंसेविकालाई खटाइने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार चैत २५ गते देखि वैशाख ९ गतेसम्म खोप अभियान लगाइने छ  ।

शारदा नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गते सम्म, बनगाड कुपिण्डे नगरपालिकामा चैत २७ गतेदेखि चैत्र २ गतेसम्म, बागचौर नगरपालिकामा चैत २८ गते देखि वैशाख ४ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

यस्तै, कालीमाटी गाउँपालिका, दार्मा गाउँपालिकामा चैत २५ गतेदेखि चैत  ३० गतेसम्म, त्रिवेणीमा चैत २७ गतेदेखि चैत २, कुमाख गाउँपालिकामा चैत २७ गतेदेखि वैशाख ४, छत्रेश्वरी गाउँपालिकामा चैत २७ गतेदेखि वैशाख २ गतेसम्म, कपुरकोट गाउँपालिकामा वैशाख ४ गतेदेखि ९, सिद्धकुमाख गाउँपालिकामा वैशाख ३ गतेदेखि ८ गतेसम्म खोप लगाइने श्रेष्ठको भनाई छ  ।

एसइईलाई मध्यनजर गर्दै हरेक विद्यालयमा गएर स्वास्थ्यकर्मीले खोप लगाउने उहाँको भनाई छ ।

जिल्लामा ६० हजार भाईल खोप आई सकेको र बाँकी आउने क्रममा रहेको निमित्त स्वास्थ्य व्यवस्थापन दशरथ श्रेष्ठले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया