असार २३, २०८२ सोमबार July 7, 2025

सेयरबजार २४ अंकले बढ्याे, ९१ करोडकाे सेयर बिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ ।

नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कुल १८० कम्पनीको २४ लाख नौ हजार २ सय ६२ कित्ता सेयर ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ मूल्यमा खरिदबिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १८.०१, व्यापार ३४.५९, होटल ८३.३२, विकास बैंक ४३.८१, जलविद्युत् १९.५१, वित्त २.८६, निर्जीवन बीमा १४९.७६, उत्पादन ९.८६, अन्य ५.१५, लघुवित्त ६६.४३, जीवन बीमा १७४.०३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड १४ लाख २८ हजार ४६९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै ग्लोबल आइएमई बैंक रु पाँच करोड २६ लाख ५७ हजार ७२९, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु चार करोड ६८ लाख ३४ हजार २७, एनआइसी एशिया रु दुई करोड ७० लाख ४९ हजार ८६२, प्राइम बैंक रु दुई करोड ५९ लाख ५० हजार र गुराँस लाइफ इन्स्योरेन्स रु दुई करोड ५१ लाख ७० हजार ७४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार समिट लघुवित्त ७.७९, नेरुडे लघुवित्त विकास बैंक ७.६३, फष्ट माइक्रोफाइनान्स ७.०२, आशा लघुवित्त वित्तीय संस्था ७.०१, गुराँस लघुवित्त ६.९९ र गरिमा विकास लघुवित्तका शेयरधनीले ६.७१ प्रतिशतले कमाए ।

यस्तै जोशी हाइड्रोपावर ३.०७, युनाइटेड फाइनान्स २.७६, दिव्यश्वरी हाइड्रोपावर १.९६, समृद्धि फाइनान्स १.९० र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले १.३३ प्रतिशतले गुमाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया