मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाण्डौंः रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्रि मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् ।

रुससँग एक हजार ३०० किलोमिटर सीमा जोडिएको फिनल्यान्ड र अर्को युरोपेली देश स्वीडेनले नेटो गठबन्धनमा आबद्ध हुने योजनामा छन् ।

रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्रि मेदभेदेवले स्वीडेन र फिनल्यान्ड नेटोमा आबद्ध भएमा रुसले बाल्टिक सागरमा आफ्नो स्थल, नौसैनिक र वायु सेना बलियो बनाउने बताए ।

सन् २००८ देखि २०१२ सम्म रुसी राष्ट्रपति रहेका मेदभेदेवले भने, ‘आणविकमुक्त बाल्टिकबारे कुनै पनि वार्ता हुन सक्दैन । सन्तुलन पुनस्र्थापित गरिनुपर्छ । ’

मेदभेदेव सन् २००८ देखि सन् २०१२ सम्म रुसको राष्ट्रपति थिए । उनीहरूले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू घरनजिकै बाँच्नु पर्ने थियो । उनीहरूले घरनजिकै परमाणु हतियार र हाइपरसोनिक मिसाइलहरूसँग बाँच्नु पर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार