असार २३, २०८२ सोमबार July 7, 2025

माओवादीबाट ललितपुर महानगरको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया