मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पोल्याण्डमा मात्र २९ लाख युक्रेनी शरणार्थी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्यान्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्यान्ड पुगेका हुन् । पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्यान्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्यान्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ ।

शुक्रबार पोल्यान्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्यान्ड शरण लिएका छन् । युद्ध भएपछि कुल पोल्यान्डबाट ८ लाख २५ हजार युक्रेनी पोल्यान्डबाट युक्रेन पसेका छन् ।

शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्यान्ड भागेका थिए । रुसले पूर्वी युक्रेनमा अ‌ाफ्नाे हमला केन्द्रित गरेकाे छ । रुसले युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोललाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार