मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

निःशुल्क आँखा शिविर सम्पन्न – २०० जनाले आँखा परीक्षण गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सिटी आई केयर सेन्टर मध्यपुरथिमिको प्राविधिक सहयोगमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाले आज मध्यपुरथिमि–४ लायकूमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

शिविरमा चिकित्सक दीपक खड्काले सेवा प्रदान गर्नुभएको थियो । शिविरमा २०० जनाले आँखा परीक्षण गराएका थिए । परीक्षणका क्रममा मोतियाविन्दु रोग देखिएका बिरामीको निःशुल्क शल्यक्रिया सिटी आई केयर सेन्टरमा गरिने जानकारी दिइएको छ ।

सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, आँखा शिविर, स्वास्थ्य शिविर, पाठेघर स्क्रिनिङ परीक्षणका साथै आयमूलक कार्यक्रमअन्तर्गत विभिन्न तालिम पनि निःशुल्क प्रदान गर्दै आएको छ ।

संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठले आँखा शिविरको शुभारम्भ गर्दै हरेक वर्ष सदस्य तथा स्थानीयवासीको स्वास्थ्य अवस्था सुधारका लागि यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया