मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि – १७ जना डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ११९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ८ जना र १ हजार ७७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ गरि कुल ११ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा २ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भइ थप १७ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ ।

कोरोना निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ । त्यस्तै, गत २४ घण्टामा देशभरबाट थप १ लाख २३ हजार ५९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया