काठमाडौंः देशभर तीन हजार २ जनालाई कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण भएको जनाईएको छ । पछिल्लो २४ घण्टामाा आरटी पीसीआरबाट ६ जना र एन्टीजेनबाट २ जना गरि ८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
त्यस्तै, यस अवधिमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३८ हजार ३५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै हाल कोरोनाका सकृय संक्रमितको संख्या १९० रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया