बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

प्रधानमन्त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकारी दिएका छन ।

सो अवसरमा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सहकार्यका लागि जोड दिएका थिए ।

विदेशमन्त्री एसलवर्नले साझा हितका आपसी विषयमा सहकार्य गर्न तयार रहेको बताएका थिए । विदेशमन्त्री एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आएका हुने । भ्रमण सम्पन्न गरी उनी बिहीबार नै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार