असार ५, २०८३ शुक्रबार June 19, 2026

सेक्स गर्नुअघि नखानुस् यी ५ खानेकुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जीवनशैलीमा खाना र पेय पदार्थको विशेष महत्व छ । कुनै खानेकुराले यौन जीवनमा सुधार ल्याउँछ । तर, त्यस्ता केही खानेकुरा छन् जो सेक्स गर्नुअघि खानु हुँदैन । जसले यौन जीवनमा नकारात्मक असर पुर्याउँछ । तिनै खान नहुने खानेकुराको बारेमा यहाँ चर्चा गरिएको छ ः

दुग्धजन्य उत्पादन

आजकल बजारमा उपलब्ध हुने डेरी उत्पादनहरु प्राकृतिक हुँदैनन् । डेरी उत्पादनहरुमा बोसोको प्रयोग भएको हुन्छ । जुन अत्याधिक मात्रामा उपभोग गर्दा एस्ट्रोजेन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन हर्मोनलाई असर पुग्छ र नतिजाको रूपमा सेक्सको आनन्द नष्ट भएर जान्छ ।

कफी

बिहानको कफीले मुड निर्माण गर्न मद्दत गर्दछ । तर, कफी को अत्यधिक सेवनले तनाव बढाउँन र हर्मोनको सन्तुलनलाई अनियन्त्रित गर्दछ । त्यसैले जीवनमा प्रेम र यौनको आनन्द लिन चाहनुहुन्छ, भने कफीको अत्याधिक सेवनबाट बच्नुहोस् ।

सोडा

यदि तपाई नियमित रूपमा सोडा र पेय पदार्थहरु को उपभोग गर्नुहुन्छ, भने यसले वजन बढ्ने, दाँत बिग्रने र मधुमेहको जोखिम बढाउँछ । यसकारणले, तपाईको यौन जीवनमा पनि नराम्रो असर पर्छ ।

पुदिना

पुदिनामा हुने मेन्थोलले यौन उत्तेजनालाई शान्त पार्छ । त्यसैले कुनबेला खाँदैछु भन्ने ख्याल गर्नुपर्छ ।

रक्सी

मानिसहरु सोच्छन् कि रक्सी पिउनाले तनावबाट राहत मिल्छ साथै शरीरलाई आराम हुन्छ । तर, निद्रा र यौन इच्छालाई घटाउँछ । साथै, रक्सी पिउँदा पुरुषहरुको सेक्स हार्मोनमा नराम्रो असर पर्छ । त्यसैले एक यौनसम्बन्ध स्थापित गर्नु अघि रक्सीबाट टाढा रहनुपर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार