असार २३, २०८२ सोमबार July 7, 2025

चावहिल चोकमा बन्ने भयो सार्न मिल्ने आकाशे पुल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरेका छन ।

फलामे यो पुल निर्माणको लागत १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ अनुमान गरिएको छ । बोलपत्र आह्वान हुँदा आएका प्रस्तावमध्ये कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर काम जिम्मेवारी पाएको छ ।

निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ र यो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया