असार २३, २०८२ सोमबार July 7, 2025

यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले उनलाई बिहीबार निलम्बन गरिएको बताएका छन । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।

यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् ।

उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् ।

राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया