असार २३, २०८२ सोमबार July 7, 2025

गृहसचिव राईले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृहसचिव प्रेमकुमार राईले पदबाट राजीनामा दिएका छन्। यही माघ २२ गतेबाट अनिवार्य अवकास पाउन लागेको राईले अनिवार्य अवकास पाउनुभन्दा दुई दिन अगाडिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्। सचिव राईले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा दिएका हुन्।

‘२२ गतेबाट अनिवार्य अवकासमा जाँदै हुनुहुन्थ्यो, २० गतेबाट लागू हुनेगरी उहाँ (सचिव राई) ले राजीनामा दिनुभएको छ’, गृह स्रोतले भन्यो।

लामो समय गृह मन्त्रालयमा रहेका सचिव राई कम विवादित सचिवका रुपमा परिचित छन्। उनको राजीनामा सँगै गृहसचिवका दागि दौडधुप समेत सुरु भएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया