बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणका लागि छलफल तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी संयुक्तबीच पार्टी एकीकरणका लागि छलफल तीव्र भएको छ।

दुई वर्षअघि फुटेका यी दुई पार्टीबीच लामो समयदेखि एकताको चर्चा चलिरहे पनि हुन सकेको छैन। हाल शीर्ष नेताहरुबीच भागबण्डाको विषयमा छलफल चलिरहेको छ।

केन्द्रीय समितिमा राप्रपाले ५५ प्रतिशत र राप्रपा संयुक्तले ४५ प्रतिशत हिस्सा पाउने, थापा, राणा र लोहनी तीनै जना अध्यक्ष रहनेजस्ता विषयमा पनि छलफल भइरहेको छ।

‘एकताको केही मोडालिटी तयार गरेर शीर्ष तहमा छलफल भएको सत्य हो,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘नेताहरुबीचको कुराकानी अहिले सकारात्मक ढंगले अघि बढेको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार