बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

नेकपा बैठकमा समूहगत छलफलका सुझाव प्रस्तुत हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलमा उठेका विषय टोली नेताहरुले शुक्रबार प्रस्तुत गर्दैछन् । राष्ट्रियसभागृहमा जारी केन्द्रीय कमिटी बैठकमा १५ वटा टोली नेताले रिपोर्टिङ गर्नेछन् ।

यसअघि बिहीबार समूहगत छलफल नटुंगिएपछि कतिपय समूहको छलफल शुक्रबार पनि चलेको छ । समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा पेश गरेपछि अन्य विषयमा छलफल हुने बताइएको छ ।

नेकपा बैठकमा एमसीसी एजेण्डा नरहे पनि अधिकांश सदस्यले यसबारेमा बिभिन्न प्रश्न उठाएपछि विज्ञ सम्मिलित अध्ययन कार्यदल गठन गरेर टुंगो लगाउन सुझाव दिइएको छ । बैठकले छोटो समय दिएर अध्ययन कार्यदल बनाउने सम्भावना रहेको बताइएको छ ।

केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न र गुनासाका जवाफ अध्यक्षले दिनेछन् । बैठक शुरुवातको दिन उपस्थित भएर २ घण्टा सम्बोधन गरेका प्रधानमन्त्री तथा अध्यक्ष ओली भने अबका बैठकमा सहभागी नहुने सम्भावना छ ।

माघ १५ बाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक १९ गतेसम्म चल्नेछ । बैठकले पार्टीको महाधिवेशनको मिति तोक्नेछ भने पोलिटव्यूरो कमिटी गठनका लागि पनि समूहगत छलफलबाट सुझाव दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार