असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल एयरलाइन्सले तिर्‍यो वाइडबडी र न्यारोबडीको किस्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता तिरेको छ ।
नेपाल एयरलाइन्सका अनुसार दुईओटा वाइडवडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी जम्मा एक अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय ९३ भुक्तानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षसम्मको किस्ता तिर्न नसकेपछि ब्याजलाई स्याजमा परिणत गरेका यी निकायको पुसको किस्ता तिर्न भने नेपाल एयरलाइन्स सफल भएको हो ।

नेपाल एयरलाइन्सले जहाज किन्दा लागेको ऋणको किस्ता हरेक तीन/तीन महिनामा भुक्तानी गर्नुपर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया