काठमाण्डौंः कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कमलेश शरण चौधरी ४ हजार ४ सय ८१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका निसार अहमद खांले ४ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का होम प्रकाश चौधरी (कुर्मी) ५ हजार १ सय ३ ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले ३ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया