काठमाडौं । उपत्यकाको महाराजगञ्ज क्षेत्रमा शनिबार दिनभर विद्युत् नहुने भएको छ। चक्रपथ विस्तारको क्रममा उक्त क्षेत्रमा रुख काट्नको लागि विद्युत् आपूर्ति दिनभर बन्द हुनलागेको हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार दिनभर महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरण हुने लाइनमा अवरोध हुनेछ। बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली पूर्ण रुपमा बन्द हुने प्राधिकरणको भनाइ छ।
उक्त फिडरअन्तर्गत वसुन्धरा सामाखुसी चोक रानीबारी, गोंगबु चोक, टोखा रोड, ग्रान्डी अस्पताललगायतका क्षेत्रमा शनिबार बिजुल आपूर्ति हुनेछैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया