असार २३, २०८२ सोमबार July 7, 2025

स्कुले विद्यार्थीले बनाए बलात्कारबाट जोगिने ‘एन्टी रेप सिस्टम’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । बुटवलको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले बलात्कार र अपहरणबाट बचाउन सक्ने उपकरण बनाएका छन् । कालिका मानव ज्ञान माविमा कक्षा १२ मा अध्ययनरत पाँचजना विद्यार्थीको समूहले ‘एन्टी रेप सिस्टम’ आविस्कार गरेका हुन् ।

कम्प्युटर विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु सुरज बस्याल, निश्चल न्यौपाने, साजन पौडेल, रितेश काफ्ले र शिशिर तिमिल्सिनाको समूहले ‘एन्टी रेप सिस्टम’ बनाएको हो । पाठ्यक्रममा आधारित भएर स्कुले विद्यार्थीले गरेको यो आविश्कार नेपालमै पहिलो भएको दाबी गरिएको छ ।
कसरी काम गर्छ ?

बलात्कार वा अपहरणबाट जोगिन चाहनेले विशेष प्रकारको घडी लगाउनुपर्ने हुन्छ । ‘एन्टी रेप सिस्टम’ मा एउटा घडी र सर्भर बक्सको कनेक्सन प्रोग्रामिङ गरिएको छ । घडीमा जीपीएस ट्रयाकर र रेडियो ट्रान्समिटर जडान गरिएको हुन्छ । सर्भर बक्स प्रहरी चौकीमा राखिन्छ । सर्भर बक्समा जिसिएम मोड्युल प्रणाली हुन्छ । जसले प्रहरी, घर परिवार र आफन्तलाई म्यासेज र फोन मार्फत सन्देश दिने काम गर्छ ।

घडी लगाएको महिला वा जो कोही कसैबाट असुरक्षित भएको अवस्थामा घडीमा रहेको एउटा बटन थिच्नुपर्छ । बटन थिच्नेबित्तिकै खतराको सन्देश सर्भर बक्समा बज्न थाल्छ र प्रहरीले थाहा पाउँछ । ‘घडीमा जीपीएस ट्रयाकर प्रणाली जडान गरिएकाले असुरक्षित व्यक्ति कहाँ छ भन्ने लोकेसन सर्भर बक्सले देखाउँछ र तत्कालै उद्धार गर्न सकिन्छ,’ एन्टी रेप सिस्टम बनाउने टोलीका एक सदस्य सुरज बस्यालले भने, ‘घडीभित्र रहेको रेडियो ट्रान्समिटरले सर्भर बक्समा सन्देश पठाउने काम गर्छ ।’

सर्भर बक्सभित्र रेडियो रिसिभर जडान हुन्छ त्यसले घडीबाट आएको सन्देश लिने काम गर्छ । घडीमा बटन थिच्नासाथ सर्भर बक्समा खतराको घण्टी पनि बज्छ ।
‘जुनसुकै डिजिटल घडीमा यो सिस्टम जडान गर्न सकिन्छ’

‘करिब एक महिनासम्म पाँच जना साथी मिलेर अनुसन्धान र खोज गरेपछि एन्टी रेप सिस्टम आविश्कार गर्न सफल भएका हौं,’ टोलीका सदस्य निश्चल न्यौपानेले भने, ‘बजारमा पाइने जुनसुकै डिजिटल घडीमा ‘एन्टी रेप सिस्टम’ जडान गर्न सकिन्छ ।’

बढीमा पन्ध्र सय रुपैयाँ खर्चमा ‘एन्टी रेप सिस्टम’ जडान गरेर जीवनलाई सुरक्षित बनाउन सकिने अर्का विद्यार्थी शिशिर तिमिल्सिनाले बताएका छन ।

‘एन्टी रेप सिस्टम’ बनाउन हार्डवेयर र सफ्टवेयरमा गरी ५० हजार बढी खर्च लागेको र यसमा विद्यालयले सहयोग गरेको विद्यालयका कम्प्युटर विज्ञान शिक्षक अरविन्द दुबेले बताएका छन । प्रहरी चौकीमा राखिने सर्भर बक्सलाई अत्याधुनिक र अन्तराष्ट्रिय मापदण्डको बनाउन करिब एक लाख रुपैयाँ लागत लाग्न सक्ने शिक्षक दुबेको अनुमान छ ।

दुबेले भने, ‘यो मोडेल र डेमो मात्र हो, अब यसलाई थप विकास गरी व्यवहारमा कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारको ध्यान जानुपर्छ ।’

समाजमा एउटा जटिल समस्याको रुपमा रहेको बलात्कार र अपहरणलाई रोक्न सहयोगी हुन सक्ने विद्यार्थीको यो आविश्कारलाई प्रहरी प्रशासनले पनि अवलोकन गरेर कार्यान्यनमा ल्याउन सरकारलाई सुझाव दिनुपर्ने उनको आग्रह छ ।

कृषि कर्ममा काम गर्ने एग्रोबोट पनि निर्माण

‘एन्टी रेप सिस्टम’ बनाएका कालिका मानव ज्ञान माविका यिनै विद्यार्थीहरुले कृषि कर्ममा प्रयोग हुने एग्रोबोट पनि बनाएका छन् । एग्रोबोटले रोबोटले जस्तै स्वचालित भएर खेतबारीमा काम गर्न सक्छ । २५ हजार रुपैयाँ खर्च गरेर तयार पारिएको एग्रोबोटले खेतबारी जोत्ने, सम्याउने, सिंचाइ गर्ने, बाली काट्ने आदि काम गर्ने विद्यार्थी साजन पौडेल बताउँछन् । ‘यसले माटोमा पानीको मात्रा कति आवश्यक छ भनेर सेन्सरमार्फत पत्ता लगाएर ठीक मात्रामा सिंचाइ गर्छ,’ उनले भने, ‘एग्रोबोटबाट सिंचाइ गर्दा पानीको बचत हुन्छ र उत्पादन वृद्धिमा पनि सहयोग पुग्छ ।’

अर्का विद्यार्थी रितेश काफ्लेका अनुसार एग्रोबोटमा रिमोट कन्ट्रोलर, मोटर, सोलार प्यानल, पानी ट्यांकी र ग्रास कटर पनि जडान गरिएको छ । वायरलेस माइक्रो कन्ट्रोलरले घरमै बसेर पनि एग्रोेबोटमार्फत काम गर्न सकिन्छ । ‘वायरलेस ब्लुटुथ सेट गरेर घरमै बसेर खेतमा भएका गतिबिधिलाई हेर्न पनि सकिन्छ,’ काफ्लेले भने, ‘यसलाई मोबाइलबाट पनि चलाउन सकिन्छ ।’

अहिले बुटवलमा सञ्चालित क्यान इन्फोटेक मेलाको स्टल नं। ६० पनि विद्यार्थीले बनाएका यी आविश्कार प्रदर्शनीमा राखिएको छ । मेलामा आउने अवलोकनकर्ताको मुख्य आकर्षण एन्टी रेप सिस्टम र एग्रोबोट बनेको क्यान महासंघ रुपन्देहीका सचिव सुरेश भट्टराईले बताएका छन ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि विद्यार्थीहरुका यी दुवै आविश्कार अवलोकन गरिसकेका छन् ।

विद्यार्थीहरुको आविश्कारलाई व्यवसायिक रुप दिई व्यवहारमा कार्यान्वयनमा ल्याउन प्रदेश सरकारबाट ठोस निर्णय हुने अपेक्षा आफूहरुले गरेको कालिका ज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठकले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार