असार २४, २०८२ मंगलबार July 8, 2025

विपक्षी दलका नेता पोखरेलले गरे प्रदेशसभाको गतिरोध अन्त्य भएको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लामो समयदेखि प्रमुख प्रतिपक्षी एमालेले अवरुद्ध गर्दै आएको लुम्बिनी प्रदेशसभाको बैठकले मंगलबारदेखि निरन्तरता पाएको छ । लुम्बिनी प्रदेश सभाको गतिरोध ११ महिनापछि अन्त्य भएसँगै बुधबारको बैठक नियमितरुपमा सञ्चालन भएको हो । विपक्षी नेकपा एमाले सत्ताबाट बाहिरिएसँगै साउन १ गतेदेखि लुम्बिनीको प्रदेशसभालाई अवरोध गर्दै आएको थियो ।

मंगलबारको बैठकमा विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्दै प्रदेशसभाको गतिरोध अन्त्य भएको घोषणा गरेका हुन् । २०७८ साउन २८ गते एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार विस्थापन भएपछि पाँच दलीय गठबन्धनको सरकार बनेको थियो ।

गठबन्धनको सरकारमा सहभागी विमला वली र अजय शाहीले सूर्य चुनाव चिन्हबाट निर्वाचन जितेकाले कारबाहीको माग गर्दै एमालेले ११ महिनादेखि सदनमा अवरोध गर्दै आएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेले बजेट, नीति तथा कार्यक्रमको तयारी लगायतका महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सदन खुलाएको बताएको छ । तर, संघीय संसदको अवरोध खुलेपछि लुम्बिनीमा पनि गतिरोध अन्त्य गरेको नेताहरूले बताएका छन् ।

लुम्बिनीमा एमालेले सदन अवरोध गर्ने, त्यसपछि एमाले सांसद बाहिरिएपछि सदन चल्ने गरेको थियो । प्रदेशसभाको १० औँ अधिवेशनको दोस्रो बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको सदनमा विधेयक पेस गरेका छन् ।

गत वर्ष साउन २८ गते मुख्यमन्त्रीबाट राजीनामा दिएर पोखरेल बाहिरिएका थिए । मुख्यमन्त्रीबाट हटेदेखि दुई पटकमात्रै संसद्मा पोखरेल छिरेका हुन् । मंगलबार प्रदेश सभाको १० औं अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता पोखरेलले जनादेशको सम्मान गर्दै एमाले एक कदम पछि हटेर संसद्को गतिरोध अन्त्य गरेको बताए । उनले लामो समयसम्म संसदको गतिरोध अन्त्य हुँदा नराम्रो सन्देश जाने भएकाले जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गरेको बताए ।

उनले सरकारमै रहेका दलले गरेको गलत राजनीतिक चरित्रले निर्वाचन पद्धतिमै शंका उत्पन्न गराएको बताए । पोखरेलले स्थानीय तहको निर्वाचनको परिणामलाई जनमतको हिसाबले पार्टीले स्विकार्नुको कुनै विकल्प नभएको बताए । निर्वाचनका लागि सत्तारुढ दल तथा सरकारबाट भएका गतिविधि लज्जास्पद भएको उनको भनाई छ ।

स्थानीय तहको निर्वाचनका लागि एमाले विरुद्ध बनेको गठबन्धनलाई अपवित्र भएको उनले बताए । पोखरेलले नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एमालेलाई हराउनकै लागि गरेको र सत्ता स्वार्थका लागि मात्रै भएकाले दिगो नहुने बताए । पोखरेलले नीति तथा कार्यक्रम र बजेट तयारीको छलफल तथा प्रदेश सभाको समीक्षाकै समय आएकाले सदन सुचारु गर्ने निर्णय गरेको बताए । एमालेले उठाएका मागप्रति सत्ता पक्षले कुनै ध्यान नदिएको र गतिरोध खोल्न जिम्मेवार नभएको आरोप लगाउँदै पोखरेलले जनताप्रति उत्तरदायी बनेर प्रदेश र देशमा आएको आर्थिक संकट समाधानका लागि सदन खोलेको बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार