असार २३, २०८२ सोमबार July 7, 2025

सरकारले हुबेई प्रान्तका सबै नेपालीको उद्धार गर्ने, फर्कन चाहनेले फारम भर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको छ।

हुबेइको बुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको हो। सो क्षेत्र अहिले पनि कोरोनाको सबैभन्दा बढी प्रकोप भएको क्षेत्र मानिन्छ।

बेइजिङमा रहेको नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल फर्कन चाहनेहरुलाई फारम भर्न आग्रह गरेको छ। हुबेईमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ।

दूतावासले नेपला फर्कन चाहनेहरुका लागि आफ्नो वेभसाइटमा एउटा फारम राखिएको र फर्कन चाहनेहरुले अनिवार्य रुपमा सो फारम भर्नुपर्ने जनाएको छ। फारम भरेर फेब्रुअरी २ तारिख (आइतबार बिहान) स्थानीय समयअनुसार ९ बजेभन्दा अगाडि पठाइसक्नुपर्ने छ।

नाबालिग बाहेक प्रत्येक पासपोर्टवालाले भिन्दाभिन्दै फारम भर्नुपर्ने र फारम तोकिएको समयमा सम्बनिधत स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ। नाबालिगकको हकमा अभिभावकले फारम भर्नुपर्ने छ। थप जानकारीका लागि दूतावासले १५७० १२८५७ ६३ नम्बरमा मा सम्पर्क गर्न आग्रह गरेको छ।

विश्वका अन्य मूलुकका नागरिकहरुलाई सम्बन्धित देशले फर्काउन थालेपछि नेपालले पनि आफ्ना नागरिक फर्काउने अभियान सुरु गरेको हो। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री योगेश भट्टराईले नेपाली नागरिकको सुरक्षाका लागि चीन सरकारसँग कुरा भइरहेको जनाउँदै ढुक्क हुन आग्रह गरेका थिए। सरकारले नेपाली विद्यार्थी र त्यहाँ रहेका अन्य आफ्ना नागरिहहरु फर्काउनका लागि दुई वटा विमान तयारी अवस्थामा राखेको उनको भनाइ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार