असार २४, २०८२ मंगलबार July 8, 2025

सुनजस्तै महंगियो लसुन, दुई हप्तामा दोब्बरले मूल्य बढ्दा नयाँ रेकर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १५ दिनअघिसम्म कालिमाटी बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २४५ रुपैयाँ थियो । अहिले लसुनको मूल्य औसत ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको छ । दिन-दिनै लसुन महंगिँदैछ । एक हप्ताअघि ४९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५६० रुपैयाँ नाघेको छ । अझ बजारमा खुद्रा मूल्य ६०० माथि पुग्न थालेको छ ।

बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । दुई हप्ता १२५ प्रतिशतले लसुनको मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताएका छन ।
‘लसुन त सुनजस्तो भयो,’ उनले भने,’इतिहासमा लसुनको मूल्य यति माथि गएको थिएन ।’ बढीमा प्रतिकिलो २८५ देखि ३०० रुपैयाँभन्दा माथि नगएको लसुन अहिले खुद्रामा अधिकतम् ५६० रुपैयाँमा पुगेको छ ।

लसुनको मूल्य बढ्नुको कारण हो, आयातमा निर्भर बजार व्यवस्था । चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो । अझै एक महिना लसुन महंगिने क्रम जारी रहने समभावना रहेको घिमिरेले बताएका छन ।

‘रसुवागढीबाट आयात रोकिएपछि लसुनको बजारमा अभाव छ,’ उनले भने,’अभावले गर्दा लसुन यसरी महंगिएको छ कि बजारमा मूल्यले उछाल हानिरहेको छ ।’ भारी हिमपहिरोले चीनतर्फको सडक बिग्रिएपछि दुई हप्ताअघि चीनबाट हुने आयात रोकिएको थियो ।

अब चीनबाट आउने सुकेको लसुनले भान्छा धान्न गाह्रो हुने अवस्था आएको छ । हरियो लसुसन उपभोक्ताको विकल्पमा छ ।

हरियो लसुन अहिले औसत १४५ रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । तर, सुकेको लसुन महंगिएपछि हरियोको माग बढ्दा यसको मूल्य पनि बढ्ने क्रममा छ । १५ दिनमा हरियो लसुनको मूल्य पनि १६ प्रतिशतले बढेको कालीमाटी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार