असार २४, २०८२ मंगलबार July 8, 2025

पार्टीको अनुहार जनप्रतिनिधिमा देखिनुपर्छ: नेता पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले हरेक जनप्रतिनिधिको अनुहारमा पार्टी देखिनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले हरेक जनप्रतिनिधिले गरेको कामको जिम्मा पार्टीले लिने बताउनुभएको छ ।

विगतका निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएर गएपछि पार्टीले कहिल्यै पनि नखोजेको र निर्वाचित भएकाले पनि पार्टीलाई नखोजेका कारण समस्या आएको जनाउँदै अब त्यसो नहुने उहाँले बताउनुभयो ।

नेता पुनले सङ्घीयता, समावेशिता र स्थानीय स्वायत्तता माओवादीको नीति भएकाले विगतमा विजय हासिल गरेर व्यवस्था बदलेको र यस पटक भएको विजयले जनताको आर्थिक अवस्था बदल्ने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलान्चोकका इन्चार्ज सूर्यमान दोङले अहिले भएको विजय भन्दा गुणात्मक ढङ्गले अर्को निर्वाचनमा विजय हासिल गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्र काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमध्ये गाउँपालिका अध्यक्षमा विजयी खानीखोलाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारतका अध्यक्ष कान्छालाल जिम्बा, चौरी देउरालीका अध्यक्ष रेणुका चौलागाईँ, भुम्लुका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नमोबुद्ध नगरपालिका उपप्रमुख रत्नबहादुर लामा र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना लगायत विजयी वडाध्यक्ष र सदस्यलाई सम्मान पत्र प्रदान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार