असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा उक्त संख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् ।

पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगका अनुसार प्रमुखमा २५, अध्यक्षमा ९६, उपप्रमुखमा ३३, उपाध्यक्षमा ९५, वडाध्यक्षमा १ हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र सदस्यमा १ हजार ८०७ जना माओवादीका उम्मेदवार विजयी बनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार