असार २४, २०८२ मंगलबार July 8, 2025

कार्यपालिका सदस्य निर्वाचनमा सहमति गरी अगाडि बढ्ने गठबन्धनको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनबिच सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बिचमा सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बिचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको परिणामबारे पनि छलफल भएको थियो । सञ्चार मन्त्री कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले आवश्यकता पूरा नहुँदासम्म कायमै रहने बताउनुभयो । मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको समय सीमाभित्र नै आवधिक निर्वाचन हुने स्पष्ट पार्नुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार