असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रियसभा बैठकः हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदहरुको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुदैँ सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

देशभित्र बारम्बार भइरहेका हवाई दुर्घटनाको अनुसन्धान गरी यसको निर्मुलिकरणका उपाय अपनाउन सबै निकायले चासो दिनुपर्ने उहाँको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले हवाई यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्नुभयो । उहाँले अहिले नेपालमा ४० वर्ष भन्दा बढी पुराना जहाज चलिरहेकाले उडान सुरक्षामा चुनौती थपिएको भन्दै हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउ सरकारको ध्यान जान जरुरी भएको उल्लेख गर्नुभयो ।

यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि बिहान ९ः५५ बजे उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भई सोमबार बिहान मुस्ताङ्को थासाङस्थित सानोसुरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त विमानमा सवार तीन चालक दलका सदस्य र १९ यात्रुगरी कूल २२ जनाको दुःखद् निधन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार