बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

एमसीसीबारे सुझाव संकलन गर्न नेकपा द्धारा कार्यदल गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।

कार्यदललाई १० दिनको समय दिइएको एक केन्द्रीय सदस्यले बताएका छन ।

कार्यदलका सदस्य रावलले एमसीसीबारे प्रश्न उठाउँदै आएका थिए भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा भने बहुसंख्यक नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुने बताएका थिए । छिटो पास गर्नुपर्ने र पास नै गर्न नहुने मत पनि बैठकमा आएको थियो । तर बहुमत–अल्पमतका आधारमा एमसीसीबारे निर्णय गर्न नहुनेमा भने सबै केन्द्रीय सदस्यहरु एक मत थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया