असार २४, २०८२ मंगलबार July 8, 2025

पर्साको धोबिनी गाउँपालिकाको कार्यपालिकामा काँग्रेसका सबै उम्मेदवार विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्साको धोबिनी गाउँ कार्यपालिका सदस्यको सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

६ कार्यपालिका सदस्यको लागि आज भएको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका दिनेश प्रसाद र नन्दकिशोर प्रसाद कानु विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धोबिनीले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार दुवै जनाले १५–१५ मत ल्याएर विजयी भएका हुन् । दुवै जनाका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का दिपक कुमार सर्राफ र प्रमेश्वर ठाकुरले १२–१२ मत पाएका थिए ।

महिला सदस्यमा काङ्ग्रेसकै परमजोती कुमारी, रिना देवी, शारदा पासवान र शोभावती देवी विजयी भएका हुन् । चारै जनाले १५– १५ मत ल्याएर विजयी भएका छन् । चारै जनाका प्रतिस्पर्धी जसपाका नगिना देवी, व्यान्ती देवी कुर्मीले १२–१२ मत पाएका थिए भने एमालेका कोशिला देवी पटेल र बचनी देवीले ११–११ मत पाएका थिए ।

२७ मतदाता रहेको गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा काँग्रेसका १५, जसपाका ८ र एमालेका ४ मतदाता रहेका थिए । काँग्रेसले एक्लै र जसपा र एमालेले गठबन्धन गरेर कार्यपालिका सदस्यको चुनाव लडेका थिए ।

५ वडा रहेको धोबिनी गाउँपालिकामा जसपाले गाउँपालिका अध्यक्षसहित दुई वडाध्यक्ष, काँग्रेसले उपाध्यक्षसहित ३ वडाध्यक्षमा वैशाख ३० गते सम्पन्न निर्वाचनमा विजय प्राप्त गरेको थियो ।

यो जितसँगै अब धोबिनी गाउँपालिकाको कार्यपालिकामा काँग्रेसको पूर्ण बहुमत भएको छ । १३ कार्यपालिका सदस्य मध्ये काँग्रेसका १० जना र जसपाका ३ जना मात्र सदस्य भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार