असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादीको पहिचान सङ्कट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौं – प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् ।उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे ।

जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागको पनि आफूले बुझेको प्रचण्ड बताउँछन् ।

तर, माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको बताए । समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको बताए ।

‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं । समाजवादी क्रान्तिको तयारीको गर्छौं । उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं । तर, हिजो हामी जनयुद्धमा थियौं । क्रान्तिकारी जनआन्दोनलमा थियौं । त्याग र वलिदानको कीर्तिमान गथ्र्यौं । हामी क्रान्तिकारी रुपान्तरणका अभियन्ता थियौं । सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौं र गथ्र्यौं र माओवादी जनताले सजिलै चिन्थे । माओवादी अर्कै हुन् र अरु पार्टी अर्कै हुन् । तर, त्यस्तो रहेन ।’

उनले पहिले माओवादीले जनतासँगै रहेर खेतिपातीको काम गर्ने, जनता विरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार