असार २४, २०८२ मंगलबार July 8, 2025

जीवनराम श्रेष्ठको प्रश्न- काठमाडौंलाई राजधानी जस्तो बनाउन यहीँ जन्मेको मान्छे प्रधानमन्त्री बन्नुपर्ने हो र ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले काठमाडौं देशकै राजधानीजस्तो बन्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले राजधानी देशको अनुहार रहेको बताए ।

तर, देशकै अनुहार मानिने राजधानीको सुन्दरता, व्यवस्थापन, वातावरण नियालेर विदेशीले नेपालबारे मनस्थिति बनाउने भन्दै उनले भने, ‘काठमाडौंलाई राजधानी जस्तो बनाउन, राजधानीबाटै प्रधानमन्त्री बन्नुपर्ने हो कि ?, महत्वपूर्ण मन्त्री बन्नुपर्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन ?’

काठमाडौंलाई बस्नयोग्य, हेर्न योग्य, घुम्न योग्य राजधानी बनाउनुपर्ने भन्दै उनले यसका लागि योजना ल्याउनुपर्ने बताए ।

काठमाडौंमा फ्लाइओभर, अन्डरपास बनाउने योजना कार्यान्वयन नभएको भन्दै उनले सम्पदा, संस्कृति र सभ्यताको सहर काठमाडौंको विकासलक्षित कार्यक्रम ल्याउनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार