असार २४, २०८२ मंगलबार July 8, 2025

मधेस प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ ।

प्रदेश सरकारको तर्फबाट प्रदेशसभा सचिवालयमा आज पठाएको पत्र अनुसार २२ गते साँझ ४ बजे मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ कार्यक्रम रहेको उल्लेख छ ।

मधेस प्रदेश सरकारको अहिलेको कार्यकालको अन्तिम नीति तथा कार्यक्रम एवं बजेट रहेको छ ।

नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, स्वास्थ्य तथा पूर्वाधारको निर्माणलाई विशेष प्राथमिकतामा राखिएको प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी, प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट असार १ गते प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले असार १ गते नै बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था नै रहेको छ ।  यसैबीच, प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजबाट सुरु भएको छ ।

नवौँ अधिवेशनमा शुभकामना दिँदै विभिन्न दलका नेताहरूले प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम एवम् बजेट यथार्थ परक हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

उहाँहरूले विगतमा प्रदेश सरकारले जनतालाई सरकार भएको अनुभूति गराउन नसकेका कारणले प्रदेश सरकारप्रति नकारात्मक धारणाको विकास भएको बताउँदै बाँकी रहेको ६ महिनाको कार्यकालमा राम्रो कामकाज गरेर देखाउनका लागि आग्रह गर्नुभएको थियो ।

बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले जुन गतिमा कामकाज गर्नुपर्दथ्यो त्यो अनुसार नगरेको स्वीकार गर्दै तर धेरै विषयमा प्रदेशको पहिचान स्थापित गर्न तथा सङ्घीयतालाई बलियो बनाउने काम गरेको बताउनुभयो । बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिनुभएको थियो ।

बैठकमा प्रदेशसभाका सदस्य एवं संविधान सभा सदस्य, मधेस सरकारको पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक जेठ २२ गते साँझ ४ः०० बजे बस्ने गरी स्थगित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार