बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

राप्रपाको केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । माघ १७ देखि आइतबारसम्म बसेको केन्द्रीय समितिले महाधिवेशनसम्बन्धी निर्णय गरेको हो ।

बैठकले निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङ्गद्धारा प्रस्तुत निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन सहित पारित गरेको छ ।

राप्रपाले महाधिवेशन सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित गर्ने व्यवस्था गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाले अमेरिकी सरकारको आर्थिक सहायता एमसिसीका सम्बन्धमा हाल देखापरेका विवाद र बहसका बरेमा आफ्नो धारणा स्पष्ट पार्न सरकारसंग माग गरेको छ । नेपाल र अमेरिकाबीच भएको एमसिसी सम्झौतामा रहेका केही प्रावधानहरु सुधार गरेमा उक्त सहयोगले नेपालको जलविद्युत र यातायात पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिने राप्रपाले ठहर गरेको छ ।

उक्त सम्झौता कार्यान्वयनको क्रममा विवाद उत्पन्न भएमा नेपालको कानुन भन्दा माथि एमसिसी सम्झौता मान्य हुने व्यवस्था आपत्तिजनक र संविधानको भावना विपरीत रहेको हुँदा त्यसलाई सच्याउन संसद र सरकारलाई आग्रह गर्ने निर्णय भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार