असार २४, २०८२ मंगलबार July 8, 2025

यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतबाट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतबाट पारित भएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्णयार्थ प्रस्तुत गरेको यौनहिंसाविरुद्धको विधेयक सर्वसम्मतबाट पारित भएको हो । सो क्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शर्माले हदम्यादले न्याय पाउनबाट बञ्‍चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताए ।

संसदमा बोल्दै कानुनमन्त्री शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्‍चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर रहेको बताएका हुन् । उनले भने, ‘समाजले आवश्यकता देखियो भने कानुन परिवर्तन हुन्छ। हदम्याद पनि निरन्तर परिवर्तन हुँदै आएको छ । अपराधको गम्भिरताअनुसार सजाय गर्नुपर्ने आवाज उठ्छ । हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन् नपरोस् भन्ने भावनामा सरकार गम्भीर छ ।’

उनले भने,’ कानुन आयोगलाई यो विषयमा अध्ययन गन भनिएको छ । हदम्याद कति हदसम्म बढाउने/ घटाउने विषयमा प्रतिवेदन दिन भनेका छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार