असार २४, २०८२ मंगलबार July 8, 2025

मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध, कांग्रेसले उम्मेदवारी नै दिएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् । ५ पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र कांग्रेसको ३ भोट छ ।

एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ । एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।

सदस्यहरुमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेद्वार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार