असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईसहित चार नेताविरुद्ध अन्तर्घातको आरोपमा उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराएको भन्दै नेपाली कांग्रेस प्रदेश–१ का महामन्त्री भूपेन्द्र राईसहित चार जनाविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टी आधिकारिक उम्मेदवारलाई हराउन महामन्त्री राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, प्रदेश (ख)का सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा सभापति रामचन्द्र राईविरुद्ध कांग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो ।

चार नेताविरुद्ध कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका नइन्द्र राई, उपाध्यक्षका उम्मेदवार रमा कटुवालसहित सात वडाका वडाध्यक्ष पदका उम्मेदवारले कारबाहीका लागि समितिमा उजुरी दिएका हुन् ।

पराजित उम्मेदवारहरूले पार्टीको विधान २०१७, (संशोधन सहित) धारा ३४ उपधारा ४ को क, ख र ग आकर्षित हुनेगरी कारबाही गर्न माग गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा महामन्त्री राई भने विजयी भएका थिए ।  गाउँपालिकामा यस पटक नेकपा एमालेका लोकेन्द्र राई विजय भए । त्यसपछि महामन्त्री राईमाथि अन्तर्घातको आरोप लागेको हो ।

अनुशासन समिति जिल्ला संयोजक ज्ञानेन्द्र जोशीले निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठे÷नउठेको तथा आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात हुने काम कारबाही भए-नभएको प्रतिवेदन पेस गर्न १३ जेठमा पत्र पठाएका थिए ।

सोहीअनुसार अन्तर्घात गर्ने र विपक्षी दलका उम्मेदवारलाई जिताउन सहयोगी भूमिका निर्वाह गरेका नेताविरुद्ध उजुरी दिइएको गाउँपालिका अध्यक्षका उम्मेदवार राईले बताए ।

महामन्त्री राईमाथि आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, विपक्षी दल एमाले नेता र उम्मेदवारसँग गोप्य बैठक बसेर पार्टीको आन्तरिक रणनीति तथा गोपनीयता भङ्ग गरी आर्थिक लेनदेन र चलखेल गर्दै मतदाता तथा कार्यकर्ता भड्काएको उजुरी उल्लेख छ ।

उजुरीमा गुट खडा गरी अन्तर्घात गराउँदै आधिकारिक उम्मेदवारलाई लज्जास्पद पराजय गराएको, पदको दुरुपयोग गरी हरेक वडामा अधिवेशनको नकारात्मक विषयवस्तुबारे दुष्प्रचार गरी कार्यकर्ता वा मतदातालाई भड्काएको आरोप पनि छ ।

पार्टीको चुनावी सभामा सहभागी हुन उदासिनता देखाएको, संलग्न चुनावी सभामा विवादास्पद अभिव्यक्ति दिएको आरोप पनि पराजित उम्मेदवारहरूले लगाएका छन् ।

यस्तै, गिरीमाथि आधिकारिक उम्मेदवारविरुद्ध दुष्प्रचार गरेको, पदीय जिम्मेवारीलाई वहन नगरको, विपक्षी पार्टीका नेता र उम्मेदवारसँग बैठक बसेर गोपनीयता तथा रणनीति ‘एक्सपोज’ गराएको, आधिकारिक उम्मेदवारविरुद्ध वितृष्णा फैलाएको जस्ता आरोप लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार