असार २४, २०८२ मंगलबार July 8, 2025

जुम्लाको जिसस प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली निर्विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकिकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोेनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांगेसका तर्फबाट प्रमुख पदमा गौरीनन्द आचार्य र नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट उपप्रमुख पदमा थकालीको मात्रै मनोनयन दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको तर्फवाट प्रमुख सहित सात जना र नेकपा एकिकृत समाजवादीको तर्फबाट उपप्रमुख सहित २ जनाको मात्रै मनोनयन दर्ता भएको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा जुम्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय प्रमुख चन्दननाथ नगरपालिका १ बाट खुला सदस्यमा निर्वाचित भएका थिए । आचार्य नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । उपप्रमुखमा मनोनयन दर्ता गराएका एकीकृत समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा पराजित भएका  थिए  । थकालीले कार्यपालिका सदस्यमा निर्वाचित भएर उपप्रमुखमा मनोनयन दर्ता गराएका थिए  ।

त्यस्तै नेपाली कांग्रेसबाट अन्य सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, एकीकृत समाजवादीका पदमबहादुर रावतले मनोनयन गरेका छन । यसैगरी महिला सदस्यमा खिमा लक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढाको मनोनयन दर्ता भएको छ ।  यसैगरी नेपाली कांग्रेसका नरविर सुनार दलित तथा अल्पसंख्याक सदस्य मनोनयन भएका छन् ।

जुम्लामा ८ वटा स्थानीय तह छन् । यस पटकको निर्वाचनमा कांग्रेसले ५ पालिकामा अध्यक्ष सहित २ उपाध्यक्ष र चन्दननाथमा नगरउपप्रमुख जितेको थियो । माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष उपाध्यक्ष  र तातोपानी र पातारासी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले गोठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको हो ।

चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले नगर उपप्रमुख जितको थियो । कुल १६ मतदातामध्ये ८ कांग्रेस, ६ माओवादी केन्द्र, १ समाजवादी र १ स्वतन्त्र छन् । समाजवादी र नेपाली कांग्रेसको गठवन्धन भएपछि माओवादीको उम्मेदवार मनोनयन भएको छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार