असार २४, २०८२ मंगलबार July 8, 2025

सिभिल र सेन्चुरी बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारवाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत साता नेपाल बंगलादेश बैंकलाई कारबाही गरेको नेपाल राष्ट्र बैंकले थप ३ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्जा श्रोत परिचालन अनुपात (सीसीडी रेसियो) नपुर्‍याएको भन्दै सिभिल बैंक र सेन्चुरी कमर्सिलय बैंकलाई कारवाही गरेको हो ।

यि दुई बैंकले तोकिए अनुसार सीसीडी रेसियो कायम नगरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सिभिल बैंकलाई ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना गरिएको छ भने सेन्चुरी बैंकलाई ७ लाख १९ हजार ७ सय ६० रूपैयाँ जरिवाना गराइएको हो ।
अहिले राष्ट्र बैंकले बैंकहरुलाई ८० प्रतिशत सीसीडी रेसियो कायम गर्न भनेको छ । यो भनेको कुनै बैंकले एक सय रुपैयाँ निक्षेप लिए भने ८० रुपैयाँमात्रै कर्जा लगानी गर्न पाउँछन्, २० रुपैयाँ भने बैंकले तरलता राख्नु पर्छ । यस्तो व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले सिभिल र सेञ्चुरीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनललाई समेत कारबाही गरेको छ । सिटिजनसलाई २० लाख रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो सँगै यस वर्ष कारवाहीमा पर्ने वाणिज्य बैंकको संख्या ४ पुगेको छ । राष्ट्र बैंकले कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको थियो ।

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ । तर गत आर्थिक वर्ष २०७५/७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।

कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना राष्ट्र बेंकले गर्ने गरेको छ । सोही अनुसार लगानी पुर्याउन नसकेको रकमको ब्याज बराबरको रकम राष्ट्र बैंकले जरिवाना तिराएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार