असार २३, २०८२ सोमबार July 7, 2025

२१ लाखको सुविधासहित एनआईसी बैंकले ल्यायो ‘न्यू सुपर चमत्कारिक’ योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अब्बल स्थान बनाएको एनआईसी एशिया पछिल्लो समय ‘न्यू सुपर चमत्कारिक’ निक्षेप योजनाका साथ अघि बढेको छ। बैंकमा खाता खोलेर पैसा राख्दा त ब्याज पाइन्छ। केहीले अलि बढी ब्याज दिन्छन्, केहीले कम। यस्तो सोच्ने सर्वसाधारणलाई ‘बैंकमा पैसा राख्दा पनि चमत्कार हुन्छ र’ भन्ने लाग्नसक्छ।

तर एनआईसी बैंकमा ‘न्यू सुपर चमत्कारिक खाता’ खोलेपछि नाम मात्रैको चमत्कार होइन, साँच्चिकै चमत्कार हुने यसका अधिकारीहरू दाबी गर्छन्। उनीहरूका अनुसार जसले बैंकमा खाता खोलेका छन्, तीनैलाई मात्र यो कुरा थाहा हुन्छ। एनआईसी बैंकमा गएर यो ‘न्यू सुपर चमत्कारिक योजना’ बारे जुनसुकै बेला पनि बुझ्न सकिन्छ। बैंकका अधिकारीहरूका अनुसार ‘अहिले सर्वसाधारणले बुझे वा सोचेभन्दा फरक’ फाइदा एनआईसीले ग्राहकलाई दिनेछ।

एनआईसी बैंकले उत्कृष्ट बीमा सुरक्षा, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ, निःशुल्क लकर, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने सुविधालगायत ३० चामत्कारिक फाइदाहरु ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’ अन्तर्गत सञ्चालनमा ल्याएको हो।

यो योजना अन्तर्गत ब्याज पाउने त सामान्य नै भयो। साथै २१ लाखसम्मको बीमा सुविधा पनि प्राप्त गर्न सकिने छ।

२१ लाखका तीन बिभिन्न बीमा सुविधा
यस सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरुका लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सकिने छ। औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई थप विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपीडी) उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ। उल्लेखित बीमा सुविधाहरुबापत लाग्ने प्रिमियम सम्झौता अनुरुप बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्नेछ।

सर्वसाधारणले यस एनआईसी एशिया बैंकमा निक्षेप संकलन गर्न थाल्नेबित्तिकै २१ लाखभन्दा बढीको सुविधा पाउन सक्ने योजना नै ‘न्यू सुपर चमत्कारिक योजना’ हो। ग्राहकले यो २१ लाखसम्मको बीमा सुविधा यदि आफैं लिनु परेमा करिब १४ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्थ्यो, जुन अब ‘सुपर चमत्कारिक’ निक्षेप योजना अनुसार बैंकले नै सम्झौता अनुरुप एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्नेहुँदा ग्राहकलाई आर्थिक भार कम हुन जानेछ।

बैंक खातामा पैसा बढ्नु अर्थात् सोझो नगद आर्जनलाई मात्रै आफ्नो नाफा सोच्ने ग्राहकलाई बैंकले अहिले नै त्यस्तो सोच बदल्न आग्रह गरेको छ।

‘तपाईं दुर्घटनामा पर्न सक्नुहुन्छ वा नसोचेको घातक रोग लागेर बिरामी पर्न सक्नुहुन्छ’, बैंकले भनेको छ, ‘त्यस्तो अवस्थामा तपाईंको खाता एनआईसीमा छ भने सहयोगी हुने भावका साथ बैंकले यो योजना ल्याएको हो।’

कर्जा सुविधामा एक लाख १३ हजार रुपैयाँसम्म फाइदा
‘न्यू सुपर चमत्कारिक’ निक्षेप योजनामा २ चमत्कारिक कर्जा सम्बन्धी फाइदाहरु उपलब्ध छन्। खातावालालाई कर्जाको ब्याजदरमा विशेष सहुलियत प्राप्त हुनेछ भने कर्जासँग सम्बन्धित प्रशासनिक शुल्कमा २५ वेसीस प्वाइन्टसम्म छुट प्राप्त हुनेछ। ‘न्यू सुपर चमत्कारिक’ बचत खाता हुने डायमण्ड वर्गका ग्राहकले यदि ५० लाख रुपैयाँको कर्जा उपयोग गरे भने ती ग्राहकलाई करिब एक लाख १३ हजार बराबरको ब्याज तथा प्रशासनिक शुल्कमा फाइदा पुग्ने बैंकले जनाएको छ।

२५ विशेष सुविधाबाट करिब ८७ हजार फाइदा
खातावालाको जीवन सहज बनाउनका लागि घरमै बैंकिङ सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, निःशुल्क इ–कमर्स एक्टिभेसन सुविधा, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क डेबिट र क्रेडिट कार्डको सुविधा, निःशुल्क मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको सुविधा यस योजनामा समेटिएको छ। बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा उल्लेखित सुविधाहरुका साथै पृथक् स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पनि पाइनेछ।

एनआईसी बैंकले प्रदान गर्ने यी बिभिन्न निःशुल्क सुविधाको बजार मुल्य हेर्दा ग्राहकहरूलाई करिब ८७ हजार रुपैयाँ बराबरको फाईदा पुग्ने देखिन्छ, जसलाई बैंकले आफ्नो योजनामा ‘सुपर चमत्कार’ भन्ने गरेको छ।

यी खाताका अन्य विशेष आकर्षण भनेको स्विप इन–स्विप आउट सुविधा हो, जसअन्तर्गत बैंकले ‘सुपर चमत्कारिक’ बचत खातामा दुई लाखभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणा गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ। र, सो रकममा ९.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ। यो भनेको बचत खाता अनुसार आफ्नो खाता सञ्चालन गर्न पाउने तर ब्याजदर चाहिँ मुद्दतीअनुसारको लिन पाउने सुविधा हो।

यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकताअनुसार सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिन्छ। यो सुविधा बैंकले ‘न्यू सुपर चमत्कारिक’ बचत खाता–डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँछ।

मासिक निक्षेप खातामा पौने १० प्रतिशत ब्याजदर
मासिक निक्षेप खाताअन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ९.७५ प्रतिशतसम्म ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा ट्रान्सफर गर्नसक्ने व्यवस्था बैंकले गरेको छ। यसका लागि ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैंकको शाखामा गएर एकपटक निर्देशन दिनुपर्छ। सोही निर्देशनको आधारमा बैंकले काम गर्नेछ। ट्रान्सफर गरिने रकम पाँच सयको दरले गुणा गरेर हुन आउने रकम (५००, १०००, १५०० रुपैयाँ आदिको अनुपातमा) तय गर्नेछ।

मासिक निक्षेप खाता ३ महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ। साथै ग्राहकले चाहेको समयमा आफैंले मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सक्ने व्यवस्था समेत छ।

‘न्यू सुपर चमत्कारिक’ तलब बचत खातामा बिना धितो कर्जा सुविधा
एनआईसी एशिया बैंकको ‘न्यू सुपर चमत्कारिक’ तलब बचत खातामा बिना धितो व्यक्तिगत ऋण वा अग्रिम तलब सुविधा मिल्ने छ।

यो कर्जा सुविधाको अतुलनीय फाईदा बैंकमा तलब खाता हुने ग्राहकले बिना धितो २५ महिना बराबरको कुल तलब वा अधिकतम १५ लाखसम्म कर्जा सुविधाबाट लाभान्वित हुन सक्नेछन्। उक्त १५ लाख कर्जा सुविधामा पनि १२ महिना सम्मको कुल तलब वा बढीमा ५ लाख अधिविकर्ष कर्जा प्राप्त गर्न सक्नेछन्। साथै ग्राहकले ३ महिनाको कुल तलब बराबर अग्रिम तलब सुविधा वर्षमा एक पटक उपभोग गर्न सक्नेछन्।

यी बाहेक ग्राहकले घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा लगायत विभिन्न कर्जा सुविधा पनि विशेष सहुलियत दरमा प्राप्त गर्न सक्नेछन्। किनभने बैंकले ‘न्यू सुपर चमत्कारिक’ योजना अन्तर्गत खाता हुने ग्राहकलाई कर्जाको ब्याजदरमा विशेष छुट र कर्जासँग सम्बन्धित प्रशाासनिक शुल्कमा २५ वेसिस प्वाइन्ट सम्मको छुट प्रदान गर्ने जनाएको छ।

यस्ता छन् योजना
बैंकले विभिन्न प्रकारका यस्ता योजना ल्याएको छ। न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबुनानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता सहितका निक्षेप योजना बैंकले ल्याएको छ।

यो मात्रै होइन एनआईसी एशियाले अरु विशेष सुविधा पनि प्रदान गर्ने जनाएको छ। ग्राहकले आफू अनुकूल हुने र इच्छाएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिज गरी तीन भेरियन्टका बचत योजनाहरु ‘न्यू सुपर चमत्कारिक’ खाताहरुमा प्राप्त गर्न सक्ने योजना ल्याएको छ। यी तीनै प्रकारका खाताहरुमा वार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने डायमण्ड सिरिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट प्रदान हुनेछ।

नेपालभर सबैधन्दा धेरै बैंक सञ्जाल बनाएको एनआईसी एशिया बैंकबाट छिटोछरितो तरिकाले बैंकिङ सुविधा लिन सकिने छ। यो बैंकले ज्येष्ठ नागरिकलाई घरमै बैंकिङ सुविधा दिनेछ भने जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पनि कुनै पैसा काट्ने छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया