बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, बिभिन्न विधेयक सम्बन्धी प्रतिवेदनहरु पेश हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बिभिन्न विधेयक र विधेयकसँग सम्बन्धी प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची छ ।

संघीय संसदको निमित्त महासचिव गोपालनाथ योगीका अनुसार महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि छ ।
आजैको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेश गर्ने तयारी पनि छ । संसद सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार