भाद्र ३, २०८३ बुधबार August 19, 2026

संसद बैठक ११ बजे बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ ।

बजेटमा मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम आइतबार सकिएको थियो । सरकारले आगामी आवको बजेट १५ जेठमा संसदमा प्रस्तुत गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार