असार २३, २०८२ सोमबार July 7, 2025

चीनवाट सरकारले नेपाली नागरिकलाई फिर्ता ल्याउन ढिलाई गरिरहेको भन्दै सांसदहरुको आक्रोश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनको वुहान क्षेत्रमा करोना भाइरसले महामारीको रुप लिइसक्दा समेत सरकारले नेपाली नागरिकलाई फिर्ता ल्याउन ढिलाई गरिरहेको भन्दै सांसदहरुले आक्राश व्यक्त गरेका छन्।
मंगलबारको संसद बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई प्रश्न गर्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन्।

संसद बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सरकारको कदमबाट आफूहरु निरास भएको बताइन्। उनले भनिन्, ‘रोग लाग्नै नदिन राम्रो हुन्छ। सरकारले बर्ड फ्लू लागेको एक महिनापछि उपचार गरेको थियो। सरकारले चीनबाट नागरिकलाई फिर्ता ल्याउन किन ढिलाई गरिरहेको छरु यसबाट हामी निराश भएका छौँ।’

यस्तै कांग्रेस सांसद दिलेन्द्र बडुले मन्त्रीले संक्रमित भएकाहरुलाई नेपाल ल्याउ नहुने बताएका छन। उनले भने, ‘मन्त्रीले विद्यार्थीको मात्र कुरा गर्नुभयो। अरु व्यक्तिहरुको अवस्था के छ ? संक्रमित भएकालाई कुनै पनि हालतमा ल्याउनु हुँदैन।’

यस्तै सांसदहरुले सरकार चीनमा रहेका नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको आरोपसमेत लगाएका छन्। ‘सरकार गम्भीर छैन। चीनले चार दिनमा अस्पताल बनायो। सरकारले चीनबाट ल्याएका नागरिकलाई कहाँ राख्ने भन्ने ठाउँसमेत देखेन। यसमा सरकार गम्भीर होस्’, कांग्रेस सांसद देवेन्द्रराज कँडेलले भने।

कांग्रेसकै अर्का सांसद डिला संग्रौलाले समिति मात्रै बनाएर नहुने भन्दै आउन चाहनेलाई छिटो ल्याउने पर्ने बताइन्।

सांसदहरुले कोरोना भाइरसप्रति सरकारको ध्यानाकर्षण गराएपछि मन्त्री ढकालले सांसदहरुको सुझावले सरकारलाई अघि बढ्न सहयोग पुग्ने बताएका छन।

मन्त्री ढकालले आत्तिनु पर्ने अवस्था नभएको दावी गर्दै भने, ‘हामीले हाम्रो आवश्यकता अनुसार काम गर्ने हो। त्यहाँ धेरै आत्तिनु पर्ने अवस्था छैन। हामी तयारी गरेरै बसेका छौँ। हाम्रो जोखिम अनुसारको तयारी गरेका छौँ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया