असार २५, २०८२ बुधबार July 9, 2025

कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयक प्रस्तुत नगर्न कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएको सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले जानकारी गराउनुभयो ।

आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि सदस्यले छलफलमा भाग लिने क्रम सकिएको छ । आगामी बैठकमा छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम हुनेछ छ ।

सभाको अर्काे बैठक यही असार ९ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार